२ कार्तिक २०८१, शुक्रबार

श्रमिक कम्युनिस्ट पार्टी नेपाल पाल्पाको भेला सम्पन्न

बुटवल : पाल्पामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको विशेष जिल्ला भेला सम्पन्न भएको छ । सनिवार  पाल्पाको तानसेनमा उक्त बिशेष जिल्ला भेला सम्पन्न भएको हाे। भेलामा श्रमिक कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय बिशेष भेलाले पास गरेको निति तथा कार्यक्रम कार्यवन्यन गरेर जाने निर्णय गर्दै सम्पन्न गरेको छ । बिशेष भेलाले हेमन्तकाे नेतृत्वमा २७ सदस्यीय जिल्ला सम्मेलन आयाेजक समिति र युवा, महिला, मजदुर, विद्यार्थी, मगर लगायतका जनवर्गीय संगठनहरु समेत गठन गरेको छ । साथै भेलाले २३ सदस्यीय जनसंघर्ष समिति समेत निर्माण गरेको छ । भेलाको अध्यक्षता हेमन्त, संचालन प्रकाश, प्रमुख अतिथि दिग्दर्शन र अतिथि केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष मानध्वज श्रेष्ठकाे उपस्थिति रहेको थियो ।