२ कार्तिक २०८१, शुक्रबार

आरसिपि खानिखाेला गापाकाे एकता भेला सम्पन

काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल खानिखाेला गाउपालिकाकाे एकता भेला सम्पन्न ।

माेहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत काे गत बैशाख १८ गते पार्टी एकता भय पछि देशै भरिका प्रदेश, जिल्ला, गाउँ नगर हुुँदै सेल कमिटि सम्माकाे एकता भेला सम्पन्न हुुँदै आईरहेका छन । यसै सन्दर्भमा काभ्रे जिल्लाको खानिखाेला गाउपालिकामा आज एकता भेला सम्पन्न भयकाे छ । दिल बहादुर लामा इन्चार्ज र झिल्के बज संयोजक सहित १९ जनाकाे गाउँ कमिटी निर्माण गरियकाे छ ।

एकता भेलामा पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला संयाेजक माधब शर्माले सच्चा र ईमान्दार क्रान्तिकारी पार्टी हरु मिल्नु पर्ने आजको अवश्यकता रहेकाे र क्रान्तिलाई बिजयकाे बिन्दुसम्म पुर्याउन सबैले एक पटक हर्दम लागि पर्नु पर्ने बताय ।संसदीय ब्यवस्थाकाे अन्त्य गरि  जनवादी क्रान्ति सहित समाजवादकाे आधारभूत कार्यक्रम पूरा गर्ने संकल्प सहित नव गठित कमिटी लाई शुभकामना ब्यक्त गरेका थिय । भेलाले सबै वडाहरुमा वडा कमिटी निर्माण गर्ने र गाउमा हुने बिकृति, अराजकता र भ्रष्टाचार का बिरुद्ध अभियान संचालन गर्ने भयकाे छ ।