२ कार्तिक २०८१, शुक्रबार

शिक्षक सेवा आयाेग, नि.मा.बि लाईसेन्सकाे बिज्ञापन खुल्यो

काठमाडौं ।शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ ।
आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आज ( साउन ११ गते बुधबार) देखि भदौं ११ गतेसम्म अनलाइन दरखास्त दिन सकिनेछ ।

कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।

शिक्षक  सेवा  आयोगको  साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।

इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही नहुने आयोगले जनाएको छ ।
दरखास्तमा उल्लेख गरेको विवरण र पेस गरिएका कागजातका सम्बन्धमा उम्मेद्वार स्वयं जवाफदेही हुनुपर्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।