तत्कालीन एमालेका महासचिव मदन भण्डारीको हत्या भएको आज ३० वर्ष भइसकेको छ। त्यसपछि त्रिशुलिमा धेरै पानी बगीसकेको छ। राजतन्त्रको अन्त्य भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। राजाको स्थान राष्ट्रपतिले लिएको छ। मदन भण्डारीले जग बसालेको पार्टी आज नेकपा बनेर दुई तिहाई जनमतसहित सरकारको नेतृत्व गरिरहेको छ। तर पनि मदन भण्डारीको दासढुंगामा भएको दुर्घटना आज पनि इतिहासको रहस्यमय घटना बनेको छ। सायद सधैका लागि यो रहस्यमय नै बन्ने छ।
मदन भण्डारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का महासचिव हुन्। गत वर्ष प्रजातन्त्र समर्थक प्रदर्शनहरूले नेपालको निरंकुश राजतन्त्रलाई हल्लाइदियो। राजनीतिक दलहरूको कानूनी अडान थिएन र थोरै नेपालीहरूले भण्डारीको बारेमा सधैं सुनेका थिए। गत हप्ताको संसदीय चुनावमा, यद्यपि कम्युनिष्टहरूले काठमाडौंको बाँकी क्षेत्रलाई पराजित गरे र देशव्यापीरूपमा आश्चर्यजनक रुपमा कडा प्रदर्शन गरे।
भण्डारी आफैले अन्तरीम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरि सिटविहिन बनाए। एउटा आशावान उनै भण्डारीले निर्वाचनको केही दिन अगाडि सन् १९९१ मे २७ मा न्युजविकका प्रकाशित मदन भण्डारीसँग मिचेल लिट्विनले लिएको त्यो चर्चित अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ।
जहाँ अन्य देशहरूमा कम्युनिस्टहरू सफल भएका छैनन् भने तपाई सफल हुन सक्छु भनेर कसरी सोच्नुहुन्छ ?
साम्यवादको मुख्य उदेश्य भनेको समाजबाट शोषण, भ्रष्टाचार र अन्याय अत्याचरलाई उन्मूलन गर्नु हो। विगतमा यस्तो नीति कार्यन्वायन गर्ने क्रममा यदि कुनै गल्तिभएका छन् भने यसको अर्थ साम्यवादको उदेश्य नै असफल भयो भन्ने होइन। हाम्रो पार्टिको सन्दर्भमा हामीले प्रजातन्त्रलाई स्थापित गर्ने र जनताको जनादेश प्राप्तगरेपछि मात्रै सत्ता लिने निर्णय गरिसकेका छौं।
मैले देखिरहेको छु, तपाईंसँग उत्तर कोरियाली नेता किम इल सङका पुस्तक छन्। किमलाई कुन रूपमा लिनुहुन्छ ?
किम इलसँग एउटा सफल कम्युनिष्ट र एउटा नेता हुनुन्छ, जसले आफ्नो देशको क्रान्ति र विकासमा योगदान र्पुयाउनुभएको छ। अन्यथा म उहाँको अरु कुनै चिजको प्रशंसा गर्दिन। उहाँको विचारधारा अनुसरण गरेको छु भन्ने पनि मलाई लाग्दैन ।
माओका रचनाबारे नि ?
गाउँतिरका केही युवा मान्छेहरूले चिनियाँ आन्दोलनको इतिहासका बारेमा अध्ययन गरिरहेका छन् र त्यसबाट सिकिरहेका छन्।
नेपालको कम्युनिष्ट पार्टीलाई चीन, सोभियत संघ र उत्तर कोरियाजस्ता देशका कम्युनिस्टसँग कसरी तुलना गर्न सकिन्छ ?
तिनीहरू सबै न्याय, मुक्ति र समानतामा आधारित एउटा नयाँ सामजको स्थापना गर्न सामेल भएका छन्। ती देशहरूमा फरक-फरक बाटाहरूबाट कम्युनिष्ट आन्दोलनको विकाश भएको छ। चीनमा तिनीहरू सशस्त्र संघर्षद्वारा मुक्त भएका थिए तर नेपालमा हामीले एउटा शान्तिपूर्ण आन्दोलन गरेका छौं। चीन र उत्तर कोरियाले विदेशी प्रभुत्व र आक्रमणको सामना गरिरहेका छन्। नेपालमा हामीले पनि विदेशी आक्रमणका विरुद्ध , साम्राज्यवाद र क्षेत्रीय प्रभुत्वका विरुद्धमा आवाज उठाइरहेका छौं।
तपाईले चीन र भारतीय कम्युनिष्ट पार्टीबाट पैसा प्राप्त गर्नुभयो भनेर केही गैरकम्युनिष्टले भनेका छ नि ?
त्यो एउटा झुट हो। हामीले कहिल्यै सह्योगका लागि भनेका छैनौं, न त कहीँ कतैबाट आर्थिक र भौतिक सहयोग प्रप्त नै गरेका छौँ चाहे त्यो चाइनाबाट होस, कोरियाबाट वा त्यो भारतिय (कम्युनिष्ट) पार्टिहारूबाटै किन नहोस्। यस्ता दोषहरू हामीमाथि हाम्रा विरोधिहरूले लगाएका छन्, जसले वास्तविक रुपमै विदेशीहरूबाट ससह्योग प्राप्त गरिरहेका छन्।
जातिय प्रणाली र धार्मिक स्वतन्त्रताका सम्बन्धमा तपाईंको दृष्टिकोण के हो ?
हामी विभिन्न जातिहरूका बीचको सामाजिक विभेदको अन्त्य गर्न चाहन्छौं । तर हामी विभिन्न जातिहरू र जनजातिहरूको धर्म, सांस्कृतिक र परम्पराको सम्मान गर्ने छौं। कतिपय पुराना मान्छेहरूमा अहिले पनि जातिका बारेमा कठोर मत रहेको छ। हामी तिनीहरूका विरुद्ध बलप्रयोग गर्न चाहदैनौं। यदि यो तिनीहरूको विवेक हो भने हामी तिनीहरूलाई शिक्षित पार्ने प्रयास गर्ने छौं। कथित तल्लोजातका मनिसलाई अपमानित गर्ने अघिकार कोही कसैलाई पनि छैन् र कुनै पनि व्यक्तिलाई कथित उपल्लोजातकालाई सम्मान गर्न बाध्य पार्ने अधिकार छैन। हामी पनि एक धर्म्निरपेक्ष राज्य चाहन्छौं। हरेकले आफ्नो धर्मको अनुसरण गर्न सक्ने छन् । सबै धर्महरूबाट राज्य तटस्थ हुने छ।
तपाईले तपाईको देशका जमिन्दारहरूलाई कस्तो व्यबहार गर्नुहुने छ ?
हामी वर्तमान मालिकहरूबाट जमिनलाई बाहिर ल्याएर जमिन जोत्ने किसानहरूलाई दिन चाहन्छौं। यो काम हामी अत्यन्तै शान्तिपूर्ण तरीकाले प्रयत्न गर्ने छौं र पैसा नदिएर जमिन लिने छैनौं। यदि जमिन्दारहरूले स्वीकार गरेनन् भने हामी उनिहरूका विरुद्धमा बलप्रयोग गर्न बाध्य हुनेछौं ।
जमिन्दारहरूलाई तिर्ने त्यो पैसा कहाँबाट आउँछ ?
हामी ती किसानहरूबाट पैसा संकलन गर्नेछौं, जो आफ्नै जमिनको स्वामी हुन लागिरहेका छन्। (यदि आवश्यक भए) हामी सरकारी आयबाट र राजस्व अथवा सरकारको आफ्नै स्वमित्व भएका उद्योगहरूद्वारा सेयर जारीगरेर लगानी गर्ने छौँ । नगदको संकटबाट बचाउन किस्तामा भुक्तानी गरिने छ ।
तपाईले सामुहिकिरणको वकालत गर्नुभएको हो ?
हामी यो अबधारणा लागू गराउन बल प्रयोग गर्ने छैनौं । तर हामी जनताको सेवा गर्न नमुना सहकारीहरू स्थापित र प्रोत्साहन गर्ने छौँ ।
तपाईं कम्युनिष्टको फेरि बहुमत भयो भने नेपालको विदेशी अनुदान रोकिनसक्छ भनेर चिन्तित हुनुन्छ ?
यदि कम्युनिष्टहरू शक्तिमा आए भने वैदेशिक सायता रोक्नका लागि त्यहाँ कुनै आधार छैन। तर हामी हाम्रो देशको स्वतन्त्रता , स्वाधिनता, मर्यादा र सम्प्रभुताको किमतमा सायताका लागि याचना गर्ने छैनौं । यी चिजहरू वैदेशिक सहायताभन्दा अधिक मत्वपूर्ण छन् ।
भारततिरको विदेशीनीतिमा कस्ता परिवर्तनहरूको तपाई वकालत गर्नुहुन्छ ?
विगतमा भारतसँग त्यहाँ केही असमान र अपमानजनक सन्धीसम्झौताहरू थिए। हामी सन्धिको पूनर्विचार गर्ने छौँ र यसलाई नविकरण गर्न प्रयास गर्ने छौँ। हामी हामीलाई अपमानित गर्ने र असमान बनाउने प्रवधानहरू हटाउन चाहन्छौं। न त हामी प्रो चाइना हुन चान्छौँ न त प्रो भारत नै । एउटा कुरा हामी चीन र भारत दुवैदेशसँग धेरै राम्रो सम्बन्ध बनाउन चाहन्छौं ।
जब नेपालका जनताले राजतन्त्रका विरुद्धमा प्रदर्शन गरिरहेका थिए अन्य धेरै देशहरूका जनताले तिनका कम्युनिष्ट शासकहरूका विरुद्ध प्रदर्सन गरिरहेका थिए। यदि त्यस्तै नेपालमा भयो भने तपाईं के गर्नुहुन्छ ?
जब हामी शक्तिमा हुन्छौं त्यस्ता किसिमका कुनै प्रदर्शनहरू हुने छैनन् । तर कहिलेकाही असामाजिक तत्वहरूले समाजमा अशान्तिको सृजना गर्न प्रयास गर्छन्। यदि त्यस्ता प्रकारका व्यक्तिहरूले समाजमा अशान्ति सृजना गर्ने प्रयास गर्छन् भने, हामी राज्यशक्तिको प्रयोग गर्ने छैनौं तर हामी जनपरिचालन गर्ने छौँ। यदि तिनिहरूले हाम्रा विरुद्धमा प्रदर्सन गर्छन् भने त्यसपछी हामी जनतालाई हाम्रा पक्षमा प्रदर्शन गर्न हामी आह्वान गर्ने छौँ । हामी प्रहरी शक्तिको प्रयोग गर्ने छैनौं।
(उषाकिरण आजाद अखिल क्रान्तिकारीका सचिव हुन )