जाजरकोट ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) बारेकाेट गाउँ कमिटी जाजरकोटकाे प्रथम भेला सम्पन्न भयकाे छ ।
विभिन्न गाउबाट पंञ्चे बाजा सहित सयाैकाे सहभागितामा गाँउपालिकाकाे लिम्सामा आम सभा सहित कार्यक्रम संचालन भयकाे थियाे । कार्यक्रमकाे अध्यक्षता पालिका संयाेजक बिश्व ले गरेका थिय , भने संचालक प्रेम केसिले गरेका थिए, साे कार्यक्रममा अतिथि पार्टीका जिल्ला संयाेजक हिमाल , नलगाड ईन्चार्ज दिनेश, ,युवा जन स्वयम,सेवकका जिल्ला अध्यक्ष पदम र अखिल (क्रान्तिकारी )जिल्ला अध्यक्ष विशाल सिंह काे उपस्थितिमा रहेकाे थियाे।
भेलाले पाँच जना सचिवालय सदस्य सहित ११सदस्यको टिम निर्माण गरेकाे छ ।बर्तमान दलाल सरकार र दलाल सरकारले निम्त्याएको संकटलाई चिरफार गर्दै पार्टी भित्रकाे संसदिय संशोधनवाद ,जुझारु अर्थवाद र आत्म सुरक्षा वादबाट पार्टीलाई बचाउदै जनताकाे बिच गएर बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नकाे लागि निरन्तर लडिरहने प्रतिबद्धता जाहेर गर्दै भेला सम्पन्न भयकाे बिद्यार्थी अध्यक्ष शुनिल सिंहले बताय ।