२०८३ असार २०, शनिवार

यि हुन बैतडी बस दुर्घटनामा १९ जना घाइतेहरू

काठमाडौं : धनगढीबाट बैतडी जादै गरेको यात्रुवाहक बस पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

उनीहरुमध्ये अधिकांशको अवस्थ सामान्य छ भने गम्भिर चोटपटक लागेकाहरुलाइ डडेल्धुरा अस्पताल भर्ना गरिएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा पाटन नगरपालिका–६ का जनक प्रसाद पन्त (४३), सिद्धार्थ भण्डारी (११) र मोहन पन्त (३१), पाटन–३ का चालक दिनेश भाट (२५) र दुरा बोहरा (२५), पुरचौंडी नगरपालिका–८ की स्वास्थ्यकर्मी रत्ना कुमारी भण्डारी (३५), पुरचौंडी–१ की स्वास्थ्यकर्मी अनुगरा ठगुन्ना (३५) रहेका छन्।

त्यस्तै दशरथचन्द नगरपालिका–९ का जनकराज जोशी (२६), दशरथचन्द–६ बस्ने धना पहरी, रमेश महर (४०) र अरुण महर (१४), दशरथचन्द–२ का नरेश लाबड, दशरथचन्द–४ का सागर ठगुन्ना र निर्मला कार्की (५४) रहेको छन्। डडेल्धुरा बस्ने दिपा महरा, सुर्नया गाउँपालिका–२ बस्ने पुष्कर बिष्ट (४०), माया बिष्ट (२०) तथा परिचय नखुलेका अन्दाजी ६० बर्षका पुरुष र ५५ वर्षीया महिला पनि घाइते भएका छन्।

परिचय नखुलेका पुरुष र महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। त्यस्तै चालक भाट र दशरथचन्द नगरपालिका–९ का जनकराज जोशीलाई बढी चोटपटक लागेको छ।

बैतडीस्थीत दशरथचन्द राजमार्गको पाटन नगरपालिका–८ गैराखानमा सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटनामा परेको हो। स्थानीय खोड्पे प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाहरु तत्काल उद्धार कार्यमा खटिएको बैतडीका प्रहरी नायब उपरिक्षक दिपक कुमार रायले बताए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।