२०८३ असार १३, शनिवार

“मायालुको घुर्की प्यारो” मा चम्किए रोशन तामाङ, अभिनयले तान्यो सबैको ध्यान

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा नयाँ अनुहारका रूपमा उदाउँदै गरेका मोडल रोशन तामाङ आफ्नो आकर्षक अभिनयमार्फत दर्शकमाझ प्रस्तुत भएका छन्। रोशन तामाङ र शिल्पा पोखरेलको अभिनय रहेको “मायालुको घुर्की प्यारो” बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीत बाबुल गिरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा नयाँ मोडल रोशन तामाङको अभिनयले विशेष आकर्षण थपेको छ। प्रेम र भावनात्मक कथामा आधारित भिडियोमा रोशनले आफ्नो अभिनय क्षमता प्रस्तुत गरेका छन्।

गीतमा चर्चित संगीतकार तथा गायक बाबुल गिरी र चर्चित गायिका रचना रिमाल को सुमधुर स्वर सुन्न सकिन्छ। गीतको शब्द, संगीत, मिक्सिङ तथा मास्टरिङको काम बाबुल गिरीले नै गरेका छन् भने रेकर्डिङ शंकर सिंह ठकुरीले गरेका हुन्।

म्युजिक भिडियोको निर्देशन संगीत सागर बुर्जाले गरेका छन्। भिडियोमा शिल्पा पोखरेल र नयाँ मोडल रोशन तामाङको आकर्षक जोडी देख्न सकिन्छ। मुकेश हुमागाईंको टिमले गरेको सिनेमेटोग्राफी र पदम सुवेदीको सम्पादनले भिडियोलाई थप आकर्षक बनाएको छ।

माया, विश्वास र आत्मीय सम्बन्धको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको “मायालुको घुर्की प्यारो” ले दर्शकको ध्यान खिचिरहेको छ। उत्कृष्ट संगीतसँगै नयाँ मोडल रोशन तामाङको अभिनयले गीतलाई थप विशेष बनाएको छ।