६ असार २०८३, शनिबार

सोफा हब काठमाडौंको ऐतिहासिक घोषणा, १ लाख रुपैयाँ पुरस्कारसँगै रोजगारीको अवसर पनि

काठमाडौं । सिर्जनशीलता, प्रतिभा र अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित नेपालकै अग्रणी फर्निचर ब्रान्ड सोफा हब काठमाडौंले देशव्यापी भिडियो निर्माण प्रतियोगिताको घोषणा गरेको छ। एउटा उत्कृष्ट भिडियोले केवल पुरस्कार मात्र होइन, जीवनको नयाँ मोडसमेत दिलाउन सक्ने विश्वासका साथ कम्पनीले १ लाख रुपैयाँसम्मको नगद पुरस्कार र विजेताका परिवारका सदस्यलाई रोजगारीको अवसरसमेत प्रदान गर्ने घोषणा गरेको हो।

डिजिटल युगमा लुकेर बसेका प्रतिभाशाली कन्टेन्ट क्रिएटर, भिडियो मेकर, इन्फ्लुएन्सर तथा आम सर्वसाधारणलाई आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्दै कम्पनीले प्रतियोगिताको औपचारिक सुरुवात गरेको जनाएको छ।

कम्पनीका अनुसार सहभागीहरूले सोफा हबको ब्रान्ड, उत्पादनको गुणस्तर, ग्राहक सन्तुष्टि, आधुनिक शोरूम, सेवा सुविधा तथा विशेष अफरलाई केन्द्रमा राखेर सिर्जनात्मक भिडियो तयार गर्न सक्नेछन्। कमेडी, भाइन्स, प्रडक्ट रिभ्यु, शोरूम टुर, ग्राहक अनुभव, होम डेकोर, इन्टेरियर डिजाइन प्रेरणादायी सामग्रीदेखि लिएर जुनसुकै मौलिक र आकर्षक अवधारणामा भिडियो निर्माण गर्न सकिनेछ।

प्रतियोगिताको विशेष आकर्षण भनेको विजेताले प्राप्त गर्ने आकर्षक नगद पुरस्कार हो। प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ तथा तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। अझ रोचक पक्ष के छ भने उत्कृष्ट सिर्जनाकर्ताका परिवारका सदस्यलाई आवश्यकताअनुसार रोजगारीको अवसरसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

प्रतियोगितामा सहभागी हुने प्रत्येक भिडियोमा सोफा हबका आधिकारिक शाखामध्ये कम्तीमा एउटा शाखा देखाइएको वा उल्लेख गरिएको हुनुपर्नेछ। हाल गोठाटार, बसुन्धरा, बिर्तामोड, चितवन, हेटौँडा, बुटवल, नेपालगञ्ज, पोखरा, धनगढी र महेन्द्रनगरमा कम्पनीका शाखा सञ्चालनमा रहेका छन् भने जनकपुरमा नयाँ शाखा विस्तारको तयारी भइरहेको जानकारी दिइएको छ।

त्यसैगरी, प्रत्येक भिडियोमा ‘Sofa Hub Monsoon Mega Sale Offer’ सम्बन्धी सन्देश अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। उक्त सन्देशमा देशभरका शाखामा मनसुन मेगा सेल सञ्चालन भइरहेको, भिडियोको स्क्रिनसट लिएर शोरूममा पुग्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने तथा आधिकारिक लोगो भएको शोरूमबाट मात्रै खरिद गर्न आग्रह गरिएको विषय समेटिनुपर्ने कम्पनीले जनाएको छ।

प्रतियोगिताको मूल्याङ्कन चर्चित कलाकार तथा सञ्चारकर्मीहरूको निर्णायक मण्डलले गर्नेछ। निर्णायकमा अभिनेता तथा लोकप्रिय टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री र निर्देशक तथा चर्चित कन्टेन्ट क्रिएटर सम्राट अधिकारी रहेका छन्। मूल्याङ्कनमा सिर्जनशीलता ३० प्रतिशत, डिजिटल इन्गेजमेन्ट ३० प्रतिशत, ब्रान्ड प्रस्तुतीकरण ३० प्रतिशत तथा भिडियो–अडियोको प्राविधिक गुणस्तर १० प्रतिशत आधार बनाइनेछ।

सहभागीहरूले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको स्पष्ट अडियो–भिडियो गुणस्तर भएको मौलिक सामग्री तयार गर्नुपर्नेछ। कपीराइट उल्लङ्घन भएको सामग्री स्वतः अयोग्य हुने तथा कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरिएको भए स्पष्ट रूपमा खुलाउनुपर्ने कम्पनीले जनाएको छ।

तयार पारिएका भिडियो फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमा ‘पब्लिक मोड’मा अपलोड गर्नुपर्नेछ। साथै #sofahubkathmandu, #nepalsno1sofafactory र #brandedsofa लगायत आधिकारिक ह्यासट्याग प्रयोग गरी सम्बन्धित शाखालाई मेन्सन गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि भिडियोको लिंक र व्यक्तिगत विवरण कम्पनीले उपलब्ध गराएको आधिकारिक गुगल फर्ममार्फत पठाउनुपर्नेछ।

कम्पनीका अनुसार भिडियो बुझाउने अन्तिम मिति असार ३० गते तोकिएको छ भने साउन १ गते विजेताको घोषणा गरिनेछ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९८६२१३२९३२ नम्बरमा व्हाट्सएपमार्फत सम्पर्क गर्न सकिनेछ। त्यस्तै, मनसुन मेगा सेल अफर अन्तर्गत गुणस्तरीय सोफा तथा फर्निचर विशेष छुटमा खरिद गर्न इच्छुक ग्राहकले ९८५११५२५८९ नम्बरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।