२८ बैशाख २०८३, सोमबार

राष्ट्रपति बाेल्दै थिय, प्रधानमन्त्री बाहिर निस्किए

काठमाडौं :प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपतिले सम्बोधन गरिरहेकै बखत संसद बैठक हलबाट बाहिरिएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले बालेन सरकारकै बार्षिक योजना संघीय संसदमा प्रस्तुत गरिरहेका बेला उनी एक्कासी उठेर बाहिरिएका हुन् ।रास्ट्रपति सरकारको कामका निम्ति,सरकारकै निम्तोमा सँसद पुगेका हुन् । बिशिष्ट अतिथिको स्वागत र बिदाइ निम्त्याउने ले गर्ने चलन हो ।

प्रधानमन्त्री यति महत्वपूर्ण अवसर वीचैमा छोडेर किन जुरुक्क उठे र खुरुक्क बाहिरिए भन्ने कारण कसैले खुलाएको छैन । संसदीय मूल्य मान्यताभित्र यस्तो दृश्य बिरलै मात्र देखा पर्छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला राष्ट्रपति र पूरै संसदको अपमान हुनेगरी प्रधानमन्त्री बाहिरिनुलाई धेरैले राम्रो मानेका छैनन् ।