२५ बैशाख २०८३, शुक्रबार

लिपुलेक,लिम्पियाधुरा र कालापानीबाट भारती सेना फिर्ता गर : नेकपा बहुमत

काठमाडौं :नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट भारतीय सैन्य उपस्थिति हटाउन माग गरेको छ ।पार्टी महासचिव कञ्चनद्धारा जारी प्रेस वक्तव्यमा उक्त क्षेत्र नेपालको भूमि भएको दाबी गर्दै भारतले लामो समयदेखि नियन्त्रणमा राख्दै आएको जनाएको छ।

पार्टीका अनुसार भारत र चीनबीच आगामी जुन २०२६ देखि लिपुलेक नाका प्रयोग गरी तीर्थाटन, यातायात तथा व्यापार सञ्चालन गर्ने सहमति सार्वजनिक भइसकेको छ । यस विषयमा नेपाल सरकारले कूटनीतिक नोट पठाइसकेको र भारत सरकारको प्रतिक्रिया समेत सार्वजनिक भइसकेको वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालका विभिन्न स्थानमा सीमा अतिक्रमण गरेको आरोप लगाइएको छ । पार्टीले नेपालको सार्वभौमिकताको सम्मान गर्दै विवादित क्षेत्रबाट भारतीय सेना फिर्ता हुनुपर्ने माग गरेको छ । त्यसैगरी, कैलाश मानसरोवर तीर्थयात्रा, दुई देशबीच आवागमन तथा व्यापारलाई मानवतावादी र अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा सञ्चालन गर्नुपर्ने धारणा पार्टीले राखेको छ । नेपाल–भारत र नेपाल–चीन सीमामा भन्सार व्यवस्थापन गर्दै त्रिपक्षीय सहकार्यमार्फत क्षेत्रीय सुरक्षा, जनसम्बन्ध र आर्थिक समृद्धि बढाउन सकिने पार्टीको भनाइ छ । पार्टीले नेपाल सरकारलाई राष्ट्रिय हित र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्दै आवश्यक पहल गर्न आग्रह गरेको छ ।

पार्टीको प्रेस वक्तव्य :