२८ माघ २०८२, बुधबार

रामेछाप बस दुर्घटनामा १२ जनाकाे मृत्यु ८ जना घाइते

काठमाडौं : रामेछाप बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भयका छन ।

साे घटनामा १० जना मृतकको सनाखत भयकाे छ भने दुईजनाको सनाखत हुन बाकी छ ।

मृतकहरू: रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र  लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिए। मृतक दुई जनको सनाखत हुन बाँकी रहेकाे डाक्टर धामीले बताउनु भयाे ।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख. ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

घाइतेहरुकाे खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भईरहेकाे छ ।

पूरा विवरण यस्तो छ :