जाजरकोट : समाजवादी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटकाे कुशेबाट अभियान उद्घाटन गरेकाे छ ।
पुर्ण बहादुर सिंह “समरजंग” नेतृत्वको उक्त पार्टीले जाजरकोटकाे कुशे गाउपालिका – २ टालेगाउँमा जनयुद्धका सहिद परिवारलाई न्यानाे कपडा (जकेट) वितरण र मान्ने ढुंगा माध्यमिक विद्यालयका विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरणका कार्यक्रम सहित “जन्तामा जाओैँ,जन्ताकाे सेवा गराै ! भन्ने मेचीमहाकाली “जनअभियान २०८२” उद्घाटन गरेकाे हाे ।
कार्यक्रममा पार्टीका महासचिव समरजंग, स्थायी कमिटि सदस्य विनयराज , विप्लव, सर्वजित, पाेलिटब्युराे सदस्य मन्जित जनपक्षीय पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष रेडियम सिंह र समाजवादी युवा संगठनका अध्यक्ष आकाश कार्की लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । पन्चेवाजा र भब्य जनसहभागीतामा सम्पन उक्त कार्यक्रमकाे अध्यक्षता समरजंगले गरेका थिए भने विशेष अतिथिका रुपमा पार्टीका स्थायी कमिटि सदस्यहरु,वडा अध्यक्ष, विद्यालयका शिक्षक, शिक्षिकाहरुकाे उपस्थिति रहेकाे थियाे। अभियान उद्घाटन पछि पार्टीका नेताहरुले जन्ताहरुसंगकाे भेटघाटलाई तिब्रता दिने र पछिल्लो जेन्जि आन्दोलन पछि गठन भयकाे कठपुतली सरकारले घाेषणा गरेकाे चुनावलाई पुर्ण रुपमा खारेज गर्ने नेता समरजंगले बताय ।
अभियान उद्घाटनकाे दाेश्राे दिन शिक्षा युवा तथा खेलकुद शाखा कुशेकाे समन्वय र श्री माल्टाकुरा माध्यमिक विद्यालय कुशे -४ तम्मिले आयाेजना गरेकाे माध्यमिक तहका विद्यालयकाे हाजिर जवाफ प्रतियाेगिता र नृत्य प्रतियोगिताका लागि पनि उक्त पार्टीले पुरस्कार र शैक्षिक सामाग्रीहरुकाे ब्यवस्था गरेकाे पार्टीका स्थायी कमिटी सदस्य विनयराज शर्माले बताय ।
