काठमाडौं । जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडका सातौं तहका कर्मचारी बालमुकुन्द उपाध्यायले कर्मचारी नियमावली तथा सहकारी नियमावलीको खिल्लि उडाउँदै सुर्यबिनायक नगरपालिका, बालकोट , भक्तपुरमा रहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा लामो समयदेखि बसेको पाईएको छ ।
जनकशिक्षाका प्रभावशाली कर्मचारीका रुपमा परिचित उपाध्यायले कार्यालयका कर्मचारीहरुलाई आफ्नो प्रभावमा पारेर अन्य आर्थिक हिनामिना समेत गरेको श्रोतले बताए पनि त्यसको ठोस प्रमाण भने फेला परेको छैन ।
राजनैतिक आडमा उपाध्यययले जनकशिक्षा भित्र निकै उपद्रो मच्चाउन थाले पछि त्यहिँका कर्मचारीहरु समेत उनिप्रति सन्तुष्ट देखिएका छैनन् ।
जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडका अध्यक्ष तथा नेपाल सरकारका सचिव चुडामणी पौडेल सम्म उपाध्यायको बारेमा बिभिन्न किसिमका टिकाटिप्पणीहरु पुगे पछि अध्यक्ष पौडेल समेत उपाध्यायसंग असन्तुष्ट रहेको श्रोत बताउँछ ।
जनक शिक्षाको हरेक काममा हस्तक्षेप गर्दै आफु अनुकुल निर्णय गराउन माहिर उपाध्याय बिरुद्ध भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, अख्तियार दुरुपयोग अनुसन्धान आयोग,केन्द्रिय अनुसन्धान व्यूरो,सम्पति शुद्धिकरण बिभाग,सहकारी बिभाग तथा सहकारी नियमन प्राधिकरणमा समेत उजुरी गरे पछि उपाध्यायको कालो कर्तुतहरु बाहिरिएका हुन् ।
भ्रटाचार बिरुद्ध नागरिक अभियान नेपालले दर्ता गरेको निवेदनलाई आधार मान्दै सहकारी बिभागले २०८२ कार्तिक १८ गते नै सुर्यबिनायक नगरपालिकालाई कार्बाहीको लागि पत्र पठाई सकेको भए पनि कार्बाही प्रकृया अगाडी बढाईएको नपाईएको भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका प्रवक्त तथा वरिष्ठ उपाध्यक्ष डि.बि. पराजुलीले जानकारी गराएका छन् ।
केन्द्रिय अनुसन्धान व्युरो र जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडले भने यो मुद्धालाई गम्भिरताको साथ हेरीरहेको समेत बुझिएको छ ।
कानुनी प्रावधानलाई हेर्ने हो भने अब उपाध्यायले दुई मध्य एक पदमा राजिनामा दिनु पर्ने हुन्छ तर उपाध्याय भने पदबाट राजिनामा नदिने मोडमा देखिएका छन् ।
संचारकमी संगको भेटमा उनले आफुलाई नजिकैको मानिसले बदनाम गराउन यो खेल खेलेको समेत आरोप लगाएका छन् । उनले आफुले यि दुवै पदमा रहेर भ्रष्टाचार नगरेको समेत दावी गरेका छन् ।
यो बिषयमा जनकशिक्षा सामाग्री केन्द्र भित्र ठुलै हलचल मच्चिएको श्रोतको दावी छ । यो बिषयबाट उठान भएको मुद्धाले अन्य बिषयमा समेत प्रवेश गरे पछि बिषय थप जटिल बन्दै गएको श्रोत बताउँछ ।
यस्ता बिषयमा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालले निरन्तर आवाज उठाई रहने बताउँदै सम्बन्धित प्रशासनिक निकायले बेवास्ता गरे यो मुद्धालाई आम नागरिकको बिचमा लैजान बाध्य हुने अभियानका प्रवक्ता पराजुली बताउँछन् ।
सम्बन्धित आरोपित व्यक्तिकै टोलमा पुगेर यस्ता बिषयको उठान नगरे आरोपितहरु नसुध्रने भएकोले त्यहिँ गएर भएपनि यो बिषयको पर्दाफास गर्न आफुहरुले स्थानीय सरकार र प्रशासन संग समन्वय गरिरहेको प्रवक्ता पराजुली बताउँछन् ।


