काठमाडौं :अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ, बर्षाका कारण नदिकाे आसपास बसाेबास गर्ने र राजमार्गमा आवतजावत गर्ने हरुलाई सचेतता अपनाउन माैसमविद्हरुले जानकारी दियका छन ।खासगरी सनिवार देखि मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ ।
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार, उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरि घेराको असरले नेपालमा पानी परेको हो ।
मौसमविदले नेपालमा अर्को एउटा मौसमी प्रणाली पनि भित्रिने र त्यसले पनि केही क्षेत्रहरूमा अत्यधिक वर्षा गराउने संकेत देखाएको बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
भारी वर्षा हुने क्रम पूर्वी नेपालतिर सर्ने मौसमविद पोखरेलले बताए ।आइतबार रातिसम्ममा कोशी प्रदेशमा भारी वर्षा हुनेछ । र, सोमबार बिहानदेखि देशभरको मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।
त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।