काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिले झोले मिस्त्री बिस्थापन गर्ने भन्दै व्यवसाय अनुगमन कार्य अगाडी बढाएको छ ।
कोरोना प्रभाव पछि सुस्ताएको ग्रील तथा स्टील व्यवसाय अहिले सम्म राम्रो संग उठ्न नसकेर व्यवसायनै छोडेर हिड्नु पर्ने अवस्था सिर्जना भए पछि व्यवसायीहरु यतिबेला बिभिन्न स्थानहरुमा अनुगमन गर्दै झोले मिस्त्री बिस्थापित गर्ने अभियानमा लागेका छन् ।
अनुगमनको क्रममा कामपा १६ चःमतीमा व्यवसायभन्दा बाहिरका व्यक्तिहरुले फलामको ट्रस बनाएको भेटिएपछि तत्कालको लागि त्यहाँको कार्य रोकी आवश्यक प्रकृया पुर्याएरमात्र कार्य सुचारु गर्न अनुगमन समितिले त्यहाँबाट वेल्डिङ मेसीन लगायतका सामाग्रीहरु ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिको कार्यालयमा राखेको छ ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिका अध्यक्ष राजकुमार खड्का,अनुगमन समितिका संयोजक तथा एरिया कोषाध्यक्ष रामहरी सिन्चुरी,सानो भर्याङ ठुलो भर्याङ एरियाका खेम प्रसाद न्यौपाने,एरिया सदस्यहरु रामस्वरुप चौधरी ,रमेश महर्जन,युद्ध बहादुर भट्ट(इन्द्र) को टोलिले अनुगमन गरेको थियो भने पश्चिम क्षेत्रका उपाध्यक्ष आसमान थापा ,एरियाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष तोक बहादुर गधराज र प्रेस संयोजक समेतको उपस्थितिमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा भेटिएका काम गरिरहेका मिस्त्री गटर सम्बन्धि काम गर्ने भएको तथा कुनै पनि दर्ता प्रकृयामा नदेखिएकोले आवश्यक दर्ता प्रकृयापुरा गरि कार्य गर्ने सहमति भएको समेत एरिया अध्यक्ष राजकुमार खड्काले बताउनु भएको छ ।
व्यवसाय जन्य स्वास्थ तथा सुरक्षाको हिसाबमा पनि आधारभुत मापदण्ड पुरागर्नु ग्रील तथा स्टील व्यवसायीहरुको पहिलो कर्तव्य भएको कारण सम्बन्धित सरकारी निकायमा दर्ता गरि व्यवसायीक हितकालागि गठन भएका संघ संस्थामा आबद्धहुन अध्यक्ष खड्काले सबै व्यवसायीहरुमा आह्वान समेत गर्नु भएको छ ।