काठमाण्डौ / दन्त चिकित्सालाई आम नागरिकको पहुँचमा सर्व सुलभ रुपमा पुर्याउने उद्देश्यले ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखाका रुपमा ललितपुरको सातदोबाटोस्थित चापागाउँ चोकमा विस्तार गरेको छ ।
काठमाडौंको चावेल, बनस्थली ,नैकाप र महोत्तरीको बर्दिबासमा सेवा दिँदै आएको डेण्टल हस्पिटलले पाँचौँ शाखाका रुपमा ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटोमा सेवा विस्तार गरेको जनाएको छ ।
चलचित्र कलाकार संघका अध्यक्ष तथा प्रमुख अतिथि मोहन निरौलाद्वारा रिबन काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा ॐ समाज डेण्टल हस्पिटलका संस्थापक एवं वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुवाश घिमिरेको सभापतित्वमा लङ्गिभिटी आयुर्वेदिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण शाही तथा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्काको विशेष आतिथ्यमा ॐ समाज डेण्टल हस्पिटलका बोर्ड सदस्य तथा सामाजिक अभियन्ता एवं समाजसेवी पत्रकार राजन थापाको संयोजनमा सम्पन्न गरिएको थियो ।
उद्घाटन समारोहमा सर्वसाधारणका लागि निःशुल्क दन्त परीक्षण र परामर्श सेवा प्रदान गरिएको उक्त समारोहमा बाक्लो संख्यामा स्थानीयबासीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्यका क्रममा कलाकार श्रीदेव भट्टराईले राजन थापाको सक्रियताको प्रसंशा गर्दै मानिसले स्वस्थ रहनका लागि आफ्ना कतिपय बानीहरु सुधार्नु पर्ने बताए ।
शुभकामना मन्तव्यका क्रममा डा.कुशल बिम्बले समुदायमा दन्त स्वास्थ्यको सेवा प्रदान गर्दै यसको महत्वलाई जनजनमा पुर्याउने अभियानका रुपमा ललितपुरको सातदोबाटोमा शाखा विस्तार गरी स्थानीय तथा वरपरका आम जनसमुदायमा सबैको दाँत र तीनको मुस्कानलाई स्वस्थ र उज्यालो बनाउनु रहेको बताए । उनले तपाईंहरूको साथले नै यो सफललता सम्भव भएको बताउँदै यस अभियानमा सहभागी सबैलाई आभार व्यक्त गरे ।
यसैगरी वरिष्ठ कलाकार एवं चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष खड्काले ॐ समाजको प्रभावकारी सेवाले आफ्ना पारिवारिक सदस्यहरु मात्र नभएर चलचित्र क्षेत्रमा क्रियाशील साथिहरुलाई समेत सिफारिश गर्ने गरेको उल्लेख गर्दै ॐसमाजले विदेशमा समेत बेला बेलामा दन्त शिविरको कार्यक्रम गर्न सुझाए ।
बरिष्ठ पत्रकार तथा समाजसेवी राजन थापाले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने,’’दन्त स्वास्थ्य केवल अस्पतालको जिम्मेवारी होइन, समाजकै सामूहिक दायित्व हो। हरेक परिवार, विद्यालय र समुदाय यसमा सहभागी हुनुपर्छ।” कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरौलाले विश्वमै महंगो मानिने दन्त चिकित्सालाई ॐ समाज डेण्टल हस्पिटलले आधुनिक प्रविधि र दक्ष जनशक्तिको माध्यमबाट प्रभावकारी सेवा दिँदै नेपाली समाजमा सर्व सुलभ सेवा प्रदान गर्दै आएको बताए । उनले ॐ समाजले स्वास्थ्य सेवासँगै समुदायसँगको सम्बन्धलाई मजबुत बनाउने यस प्रकारका पहलहरू समाजका लागि उदाहरणीय भएको टिप्पणी गरे ।
कार्यक्रमका सभापति एवं दन्त रोग विशेषज्ञका रुपमा ख्यातिप्राप्त डा.सुवास घिमिरेले मुख नै मानिसको रोग र स्वास्थ्यको प्रवेशद्वार रहेको उल्लेख गर्दै दाँतको स्वास्थ्य र सुरक्षालाई सम्पूर्ण शरीरको मूल रूपमा प्रस्तुत गरे । उनका अनुसार, “दाँत बिग्रनु भनेको केवल मुखमा मात्र समस्या आउनु होइन,शरीरको समस्त आन्तरिक संरचनामा रोग फैलिन सक्ने खतरनाक सुरुवात पनि हो ।त्यसैले दन्त स्वास्थ्यलाई सामान्य सरसफाइ होइन, सम्पूर्ण जीवनको आधारस्तम्भका रूपमा बुझ्नुपर्छ।” डा. घिमिरेले पाँचौँ शाखालाई केवल उपचार केन्द्र मात्र नभई “समाजलाई सचेत बनाउने अभियान” का रूपमा व्याख्या गरे।
उनले विद्यालयदेखि समुदायसम्म सचेतना फैलाउने योजना अघि सारेका छन्। साथै, उनले ॐ समाजमा अस्पतालले नवीनतम प्रविधिको प्रयोग,अत्याधुनिक उपकरण र दक्ष जनशक्तिका माध्यमबाट सामाजिमक रुपमा कसरी मानिसलाई कसरी स्वस्थ बनाउन सकिन्छ भनेर समाज उपयोगी अभियानमा लागिरहेको बताए ।
सो अवसरमा समाजमा सकारात्मक सन्देश र जनचेतना फैलाउने कर्ममा अहोरात्र खटिरहने सञचारकर्मीहरुको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउँदै नन्दलाल खरेल, डि.बि.पराजुली,रामबहादुर सिंह,सरस्वती काफ्ले,राजकुमार हुँमागाई,जयराम बिडारी, शान्तिदीप रेग्मी,धनेश सार्की,शन्तोष पन्त,दिनेश कार्की,दिनेश लामिछाने,अमी कट्टेल,सम्झना प्रधान,शन्तोष तिवारी, सानुकाजी थापा,ढक बहादुर श्रेष्ठ,अनन्त के.सी.,सुजन बुढाथोकीलाई नगद राशि सहित प्रमाण-पत्रले सम्मानित गरिएको थियो ।
यसैगरी उक्त कार्यक्रममा सामाजिक अभियन्ता गोपि कार्की,मानवसेवा आश्रमका फाउण्डर कल्पना चापागाई,मन्जुश्री असाहय संरक्षण मञ्चकी अध्यक्ष मिना बस्नेत,रोल्पाली चेली फाउण्डेशनकी अध्यक्ष यमुना के.सी.,राष्ट्रिय महिला मन्चका केन्द्रीय अध्यक्ष तथा गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारी लगायत सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको थियो ।
स्मारिका बोहराद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।