२३ श्रावण २०८२, शुक्रबार

ठगी मुद्दामा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरीको नियन्त्रणमा

काठमाडौं । सेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरी कार्यालयमा हाजिर भएका छन्।

सेयरको कारोबार गर्दा रकम फिर्ता नगरेको भन्दै उनीविरूद्ध ठगीको आरोप लागेको थियो। उनीविरूद्ध पक्राउ पुर्जी रहेको थाहा पाएपछि बुधबार बिहान प्रहरी परिसर काठमाडौंमा हाजिर भएका हुन्।

 

‘उहाँविरूद्ध ठगीको मुद्दा थियो। उहाँ आज बिहान सम्पर्कमा आउनुभएको छ,’ परिसरका सहप्रवक्ता डिएसपी मोहनमणि अधिकारीले भने, ‘अब उहाँविरूद्ध कानुनी प्रक्रिया अघि बढ्छ।’

उनको ब्रोकर कम्पनीले ११ करोड ५५ लाख रुपैयाँको ठगी गरेको भन्दै जाहेरी परेको थियो।