२३ श्रावण २०८२, शुक्रबार

दाजु-बहिनीको शव फेला

काठमाडौं । पाँचथरमा दाजु बहिनीको शव फेला परेको छ ।

 

याङवरक गाउँपालिका-१ च्याङथापुबाट यही साउन १५ गतेदेखि हराइरहेका स्थानीय बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र चार वर्षीया छोरी नानुमा राईको शव फेला परेको हो।

 

विरूवा खोलाको किनारमा उनीहरूको शव फेला परेको हो । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।