११ श्रावण २०८२, आईतवार

मैले एमालेमा पार्टी सदस्यता नविकरण गरिसकेकि छु , पुर्व राष्टपति भण्डारी

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)मा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्।

शुक्रबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्।

‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,’ उनले भनिन्। उनले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताएकी छन्। ‘त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,’ उनले भनिन्।