३ श्रावण २०८२, शनिबार

मानव सेवा फाउन्डेसनले पशुपतिमा आज देखि महायज्ञ सुरु गरेकाे छ

काठमाडौ : आज साउन १ गते नेपालकाे सबै भन्दा ठुलाे धार्मिक स्थल काठमाडौंकाे पशुपति मन्दिरमा महायज्ञ सुरु भयकाे छ ।मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा  “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२”को प्रारम्भ भएको छ ।उक्त फाउन्डेसनले पशुपति क्षेत्र वरिपरि परिक्रमा गरेर महायज्ञ सुरुवात गरेकाे हाे ।

काठमाडौं महानगरपालिका – १४ कलंकी मा केन्द्रिय कार्यालय रहेको मानवसेवा फाउण्डेसनले यहि २०८२आज साउन १ गते देखि आगामी भदौ २१ गते सम्म पशुपति क्षेत्रमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२” चल्नेछ।
यो फाउण्डेसनले अहिले पनि गोदावरी नगरपालिका वडा नं. १४ मा मामा घर अनाथालय आश्रम र चागु नारायण नगरपालिका -९ मा छोरीको घर जेष्ठ नागरिक आश्रम सन्चालन गरिरहेको जनाएको छ ।
फाउन्डेसनले देशै भरि यस्ता बिभिन्न धार्मिक कार्यक्रमहरु गर्ने क्रममा यो साउनमा पशुपति क्षेत्रमा महायज्ञकाे सुरु गरेकाे हाे ।
फाउण्डेसनले यो महायज्ञबाट उठेको दानले अक्षयकोष स्थापना गर्ने र आफ्नै निजि स्वामित्वमा रहेको जग्गाामा बाल आश्रम र बृदाआश्रम निर्माण गर्ने जनाएको छ ।
दर्जनौ धर्म गुरुहरुको प्रवचन र सांस्कृतिक नाटक प्रदर्शन गरेर आम हिन्दु धर्मावलम्बि हरुलाई एक सुत्रमा बाध्न यो महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने आयोजक संस्थाले जनाएको छ ।
आयोजक संस्थाले कार्यक्रम अवधिभर हुने कार्यक्रमको तालिका समेत सार्वजानिक गर्दै आम भक्त जनलाई महायज्ञमा उपस्थित भएर पुण्य लाभ लिनुहुन आग्रह समेत गरेको छ ।

साउन महिना हिन्दू धर्म अनुसार एक अत्यन्तै पवित्र तथा धार्मिक महत्व भएको दिन काे रुपमा बुझ्ने चलन छ ।जुन विशेषगरी भगवान शिवको आराधना गर्ने दिनका रूपमा मनाइन्छ। साउन महिना भर प्रत्येक सोमबारलाई विशेष रूपमा “साउने सोमबार” भनिन्छ र यसमा भक्तजनले व्रत, पूजा, र शिव मन्दिरको दर्शन गर्छन्।

साउन महिनालाई भगवान शिवको प्रिय महिना मानिन्छ। यस महिनामा शिवजीले पार्वतीसँग विवाह गरेको धार्मिक मान्यता छ। सोमबार शिवजीको विशेष दिन भएकाले साउन महिनाको सोमबारलाई अझ विशेष मानिन्छ।

धार्मिक महिलाहरू (र पुरुषहरूले पनि) साउने सोमबार व्रत राख्छन्। बिहानै स्नान गरेर सफा वस्त्र लगाई शिवको पूजाअर्चना गरिन्छ। फलाहार (फलफुलमात्र खाने) वा निराहार व्रत बस्ने चलन छ।साउन महिनाभर देशभरका शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। विशेषगरी पशुपतिनाथ, हलेसी, डोलेश्वर, अर्जुनधारा, र अन्य प्रसिद्ध शिव मन्दिरमा भीड हुन्छ।

भगवान शिवलाई बेलपत्र, धतुरा, आकको फूल, गङ्गाजल आदि अति प्रिय छन्। भक्तहरूले यी सामग्री चढाएर पूजा गर्दछन्।

अविवाहित कन्याहरूले असल पति पाउने विश्वासका साथ साउने सोमबारको व्रत बस्छन्। पार्वतीले शिवजी प्राप्त गर्न व्रत राखेको कथा पनि यसैसँग जोडिएको छ।

साउन महिना हरियालीको प्रतीक हो। वर्षातको मौसमसँगै वातावरण शुद्ध र हराभरा हुन्छ। यसैले पनि यो महिना धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

साउने महिना व्रतले सुख, शान्ति, दीर्घायु, र धनधान्य दिन्छ।रोग नाश हुन्छ, र मनोकामना पूरा हुन्छ।शिवजी प्रसन्न भई भक्तको सबै पाप मेटिन्छन् भन्ने चलन रहेकाे छ ।