३ श्रावण २०८२, शनिबार

काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

जाजरकोट :भेरी नगरपालिका -१ कोल्चौर टाेललाई निशुल्क रुपमा  इन्टरलक इट्टा बनाउने मेसिन वितरण गरिएको छ । विल्ड अप नेपालको सहयोग तथा वडा कार्यालयले समन्वयमा  उक्त मेसिन गाउँवासीहरुलाई वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त मेसिन वडा अध्यक्ष दिपक रानाबाट हस्तान्तरण गरिएको हो ।

२०८० साल कात्तिक १७ गते राति जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले उक्त वडामा धेरै क्षति पुर्‍याएकाे  थियो । भुकम्पका कारण कोल्चौर गाउँका एउटै घरका ६ जनाको ज्यान गएको थियो । माटो र ढुङ्गा बनेका घरहरु भयकाे कारण गाउका प्राय घरहरु भत्केका थिए।

भुकम्प पिडित गाउलेहरुलाई राहत होस भनेर इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको विल्ड अप नेपालका कर्मचारी राजकपुर लिम्बुले बताए । इन्टरलक इट्टाले संरचनालाई भुकम्प प्रतिरोधि बनाउन सहयोग पुग्ने र अरु इट्टा भन्दा सस्तोमा उपलब्ध हुने भएकाले यस इट्टाको प्रयोग गर्न लिम्बुले अनुरोध गरे ।
गाउलेहरुलाई करिब दुइ वर्षसम्म निःशुल्क रुपमा मेसिन उपलब्ध गराइने छ । हाललाई छ महिनासम्मको सम्झौता पत्र बनाइएको छ । जसमा पहिलो पक्ष गाउले दाेस्रो पक्ष संस्था र निगरानी गर्नलाई तेस्रो पक्ष वडा कार्यालयलाई राखिएको छ । गाउलेहरुलाई एक हप्तासम्म इट्टा बनाउने तालिम सिकाइने पनि बताएको छ । संस्थाले आवश्यकता अनुसार अन्य प्राविधिक सेवा पनि प्रदान गर्ने लिम्बुले बताए । आज समुदायलाई मेसिन हस्तान्तरण गरियो।यो इट्टा भुकम्प प्रतिरोधी,बाताबरण मैत्री पनि छ,कार्यक्रमको मुख्य उदेश्य भुकम्प पिडितले स्थानीय सामग्रीको प्रयोग गरि कम भन्दा कम लागतमा पुनर्निर्माण गर्न सकुन भन्ने उद्धेश्यले याे मेसिन हस्तान्तरण गरियकाे वडा अध्यक्ष रानाले बताउनु भयाे । आगामी दिनहरुमा पनि अन्य गाउका लागि पनि यस्ता मेसिनहरु उपलब्ध गराउनका लागि पहल थालिने अध्यक्ष रानाले बताउनु भयाे ।