काठमाडौं: नेकपा बहुमत निकट अनेरास्ववियू (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गराउन दबाबस्वरुप चरणवद्ध आन्दोलन गर्ने क्रममा मशाल जुलुश गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्रीरघुजी पन्तको पुत्लादहन गरेको छ।आज राजधानी काठमाडौंकाे सिंहदरबार अगाडि उक्त संगठनका विद्यार्थीहरुले काठमाडौँको डिल्लिबजारबाट सिंहदरबारतर्फको सडक खण्डमा मशाल जुलुश सहित पुत्लादहन गरेका हुन्।
उक्त संगठनले साउन २ गते देशव्यापी शैक्षिक हड्ताल गर्ने समेत जानकारी दिएको छ। ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाहका अनुसार संविधानको धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भइरहेको, शिक्षालाई निजीकरण तथा व्यापारीकरणतर्फ लैजान खोजिएको साथै शैक्षिक माफिया तथा दलालहरूको संरक्षण भइरहेकोले आन्दोलन गरेको जानकारी फिए।
संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको लगायतका आरोप लगाउँदै उनीहरूले मसाल जुलस गरेका हुन् ।
राज्यद्वारा जनपक्षीय शिक्षा ऐन तर्फ अग्रसर नभई उल्टै शिक्षालाई व्यापारिक लाभको स्रोत बनाउने प्रयास भएको भन्दै त्यसको विरोधमा पुत्ला दहन गरिएको विद्यार्थीहरूले बताएका छन् ।