काठमाडौं। नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्री उपरथीमा बढुवा भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाको सिफारिसमा खत्रीको ७ महिना ८ दिन म्याद थप भएको थियो। तर म्याद थप गरिएको एक महिनामै उनी उपरथीमा बढुवा भएका हुन्।
खत्री यसअघि युद्ध कार्य निर्देशनालयको निर्देशकका रुपमा कार्यरत थिए।