काठमाडौं । पछिल्लो समय गीत संगीत क्षेत्रमा निकै नाम कमाउन सफल प्रबिन्स् मोक्तानका केहि गीतहरु आम दर्शक श्रोताको अत्यधिक रोजाईमा पर्न थालेका छन् ।
मेला महोत्सवहरुमा निकै राम्रो प्रस्तुती दिने नायक तथा गायक प्रबिन्स् मोक्तानका चिसो चिसो हावा चल्यो हिमालमा , हेटौडा बजार , माथि माथि हेलम्बु जस्ता नेपाली भाषामा रेकर्ड भएका सेलो गितहरु तथा कते ज्याबा छामेकादे बोलको तामाङ भाषमा रेकर्ड भएको गीत दर्शक श्रोताको रोजाईमा परेका छन् ।
मेला महोत्सवहरुमा निकै व्यस्त रहेका प्रबिन्स्ले भर्खरैमात्र दर्शक श्रोताको रोजाईमा परेका यी चार गीतहरुलाई अडियो प्लेटफर्ममा युटुब मार्फत सार्वजानिक गरेका छन् ।
मेला महोत्सवको स्टेजमा चढेपछि दर्शकहरुलाई उत्कृष्ट मनोरन्जन प्रदान सक्ने कला भएकै कारण आयोजकहरुले पछिल्लो समय प्रबिन्स् मोक्तानलाई स्टेजमा आमन्त्रण गरिरहेका छन् ।
आम दर्शक श्रोताले खोज्न थाले पछि प्रबिन्स् पनि आफ्नो पेसा प्रति निकै गर्व गर्न थालेका छन् ।
प्रबिन्स् भन्छन् “ कलाकार हरुले पैसा भन्दा पनि आम दर्शक श्रोताको माया खोजेका हुन्छन्, जो मैले स्टेज चढ्दा पाएको छु ।”
केहि नयाँ गीत बजारमा ल्याउने तयारीमा रहेका प्रबिन्स् स्टेज चढेर गीत गाई सके पछि वान्स् मोर आउने गरि स्टेज तताउने र गाउँदा गाउँदै आम दर्शकहरुको बिचमा गएर गाउने कलाले नै आफुलाई दर्शक श्रोताले चिनेको दावी गर्छन् ।
यो क्षेत्रमा निकै लामो संघर्ष गरेका मोक्तानले दजर्न भन्दा बढी फिल्महरु आफ्नै लगानीमा निर्माण गरेका छन् भने पछिल्लो समय गीत संगीतको क्षेत्रमा समेत निकै चर्चा कमाउन थालेका छन् ।