ललितपुर :काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा निर्माण गरिएको फ्लाई ओभर (ओभरपास) आज देखि उद्घाटन गरियकाे छ ।शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास रिबन काटेर उद्घाटन गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।
२०७७ साल देखि कल्पना गरियकाे उक्त सडकलाई केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
२०८० फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर, तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।
तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना आयोजना निर्माणको काम समेत ठप्प भएको थियो ।
केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी दिए । पटक- पटक विभिन्न कठिनाइका बाबजुद उक्त सडक निर्माणका लागि करिव १७ कराेड बराबरको लागतमा निर्माण गरियकाे , कतिपय बिदेशी ईन्जिनियर, बिदेशी सामानकाे प्रयाेग गर्दै उक्त ओभर पास निर्माण गरियकाे प्रबक्ता भण्डारीले बताउनु भयाे ।