९ असार २०८२, सोमबार

सूचना टाँस गरी स्थगित भयो संसद बैठक

काठमाडौं। प्रतिनिधि सभाको बैठक सूचना टाँस गरी स्थगित भएको छ।

संघीय संसद सचिवालयले करिब ४ बजेतिर सूचना टाँस गरी साढे ४ बजे बस्‍ने गरी बैठक स्थगित गरेको हो।

 

मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी सुरू भएको थियो। उक्त बैठक सुरू भएको करिब ५ मिनेटमै आधा घण्टाका लागि स्थगित भएको थियो।

भिजिट भिसा प्रकरणमा राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका छन्।

 

मंगलबार पनि वेल घेराउ र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए।

आधा घण्टाका लागि स्थगित भएको बैठक अहिले सूचना टाँस गरी साढे ४ बजेसम्मका लागि स्थगित गरेको हो।