९ असार २०८२, सोमबार

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । सर्लाही लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ६२ वर्षीया संगमाया स्याङ्वोलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले गैरीगाउँबाट लालबन्दीतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००२ स ४१५१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।