काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बनको जानकारी संसदलाई गराइएको छ ।
आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सूचना पढेर सुनाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा परेको हो ।