९ असार २०८२, सोमबार

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ ।

 

रास्वपा र राप्रपाको अवरोधका बावजुत गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका सभामुख देवराज घिमिरेले गृहमन्त्री बोलिसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

 

यसअघि बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षसँग भएको सहमतिबारे जानकारी गराएका थिए ।

यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपाका मनिष झाले आफूहरूको अडान यथावत् रहेको र गृहमन्त्रीले राजीनामा दिनैपर्ने अडान दोहोर्याएका थिए ।