काठमाडौं । महालेखापरीक्षकको कार्यालयले काठमाडौं महानगरपालिकामा ५२ लाख बढी खर्च अनियमितता भएको पाइएको बताएको छ ।
आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा मेयर बालेनसहित महानगरका कर्मचारीहरूले विदेश भ्रमणमा गरेको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता भएको देखिएको बताएको हो ।
फ्रान्सको पेरिसमा बालेनले गरेको भ्रमण खर्च, ब्राजिलमा गरिएको खर्च, भारत, बंगलादेशलगायतमा गरिएको खर्चमा अनियमितता गरिएको पाइएको छ ।
बालेनले विदेश भ्रमणमा जाँदा अनुमतिसमेत नलिएको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक पर्यटन/भ्रमण कार्यक्रममा समेत अनियमितता भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।