काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३ को विन्दुमा कायम भएको छ ।
आज १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्य घटेको छ ।
आज ८ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ६२ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ५४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी, मकर जितुमाया, पियोर इनर्जी, दोल्ती पावर कम्पनी र विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी पाँच कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.६१ प्रतिशतका दरले गुमाएका हुन् ।