६ श्रावण २०८२, मंगलवार

रोशनी शाही मृत फेला

काठमाडौं ।  रोशनी शाही मृत फेला परेकी छन्। रोशनी भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा मृत फेला परेकी हुन् ।

 

कोठाको ढोका नखुलेपछि प्रहरीले ढोका फोडेर हेर्दा उनी कोठाभित्रै घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। उनको शारीरमा बहिरी कुनै चोट नदेखिएको प्रहरीले जानकारी दिएको छ । उनको शव नजिकै एउटा पत्र समेत फेला परेको छ । फेला परेको पत्र शाही आफैंले लेखेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।

 

रोशनीले माओवादी नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महराविरूद्व बलात्कार मुद्दा दायर गरेकी थिइन् ।

 

महरा बहालवाला सभामुख रहेकै बेलामा शाहीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोप लागेको थियो । महराविरुद्ध उजुरी परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको थियो । महरा पुर्पक्षका लागि कारागार चलान भई पाँच महिनापछि उच्च अदालतको आदेशमा रिहा भएका थिए ।

श्रीमान् चित्रजंग शाही उपत्यका बाहिर गएका बेला उनी मृत फेला परेकी हुन् ।