२४ जेष्ठ २०८२, शनिबार

एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच छलफल

काठमाडौं ।  सत्ताधारी दल नेकपा (एमाले) र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

 

प्रधानमन्त्रीसहित दुई दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

 

छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल सहभागी भएका छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मन्त्रीहरू रमेश लेखक, आरजु राणा देउवा र रामनाथ अधिकारी छन्।

 

शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।