जाजरकोट : जिल्लाको भेरी नगरपालिका–३ ठाँटिमा एक महिला लडेर घाइते भई उपचारको क्रममा ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ठाटीस्थित बाग्लुङ होटलको हेरचाहका लागि बसेकी स्थानीय ७० वर्षीया विष्णु परियार आइतबार दिउँसो करिब १२:१० बजे बारीको छेउमा सुतिरहेको अवस्थामा एक्कासी उठ्ने क्रममा करिब ५ मिटर तल सडकमा खसेकी थिइन्।
खस्दा टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो। तर उपचारकै क्रममा सोही दिन दिउँसो १२:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक प्रेम हमालको कमाण्डमा ६ जना प्रहरी टोली खटिएको थियो।