११ बैशाख २०८२, बिहीबार

नेकपा जाजरकोटकाे पार्टी सचिवमा विराजन शाही

काठमाडौं : नेकपा जाजरकोटकाे जिल्ला पार्टी सचिवमा विराजन शाही ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशको सचिवालयको प्रथम बैठकले शाहीलाई जाजरकोट जिल्लाको सचिवमा जिम्मेवारी दिएकाे हाे । बैशाख ५ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न सचिवालयको बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

जिल्लाको जिम्मेवारी पाएसँगै शाहीले भनेका छन- “पार्टीले दिइएको जिम्मेवारीले मलाई थप उर्जा र गौरवको अनुभुती भएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले सबैतिर बितृष्ण सिर्जना गरेको छ, त्यसलाई आशामा बदल्न युवाहरुले नेतृत्व गर्दै सबैतिरका संकटहरुलाई समाधान गर्ने प्रयत्न गर्नै पर्नेछ त्यसको कार्यभार हामी युवाहरुको काधमा आइपरेको छ । त्यसमा जिम्मेवार रहने छु साथै पार्टीले निदृष्ट गरेको निति तथा कार्यक्रमलाई आफ्नो कर्तव्य ठानेर पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्दछु “
विराज शाही पार्टी प्रतिबन्ध भयकाे समय देखि नेकपामा क्रियाशील हुँदै  आयका जाेशिला र जगरुक युवा हुन ।