१२ बैशाख २०८२, शुक्रबार

माइक्रो र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं । डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

 

डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

 

मृतकको सनाखत हुन बाँकी छ।

 

माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको बताए।