दिपेन्द्र ढकाल / मिसन भण्डाफोर
बुटवल । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल, रुपन्देहीमार्फत सुन्दर हार्डवेयर एण्ड प्लाइउड स्थायी लेखा नम्बर३०२१३४२४७० का प्रोप्राइटर जोगेन्द्र अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको कारोवारको अनुसन्धान कार्य सम्पन्न गरी उक्त फर्म तथा प्रोप्राइटर जोगेन्द्र अग्रहरी विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा २०८२/०१/०२ मा अभियोग पत्र दायर गरेको छ।
जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका, वडा नं. ८ लुम्बनी गेटमा रहेको सुन्दर हार्डवेयर एण्ड प्लाइउडको कारोवार स्थलमा खानतलासी गरी अनुसन्धान गर्दा उक्त फर्मका प्रोप्राइटर जोगेन्द्र अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको कारोबारबाट राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४(छ) र (झ) बमोजिमको राजस्व चुहावटको कसूर गरेको हुँदा निज उपर उक्त राजस्व चुहावटको प्रकृति, गाम्भीर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम रु. ५४,४१,००४।५० (अक्षरुपी चौवन्न लाख एकचालीस हजार चार रुपैयाँ पचास पैसा मात्र) विगो कायम गरी ऐ. ऐ.ऐनको दफा २३(१) बमोजिम विगो असुल उपर गरी विगोको शतप्रतिशत रु. ५४,४१,००४।५० (अक्षरुपी चौवन्न लाख एकचालीस हजार चार रुपैयाँ पचास पैसा मात्र) जरिवाना गरी कुल रु.१,०८,८२,००९ (अक्षरुपी एक करोड आठ लाख बयासी हजार नौ रुपैयाँ मात्र) र सोही ऐनको दफा २३(१) (क) वमोजिम हदैसम्मको कैद सजायको मागदाबी लिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मिति २०८२/०१/०२ मा अभियोग पत्र दायर गरिएको हो ।