७ बैशाख २०८२, आईतवार

६ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो गाँजासहित प्रहरीले एक विदेशी महिलालाई पक्राउ गरेको छ।

 

थाई एयर टिजी ३१० मार्फत् बैंककबाट काठमाडौं आएकी २६ वर्षीया मिस कंनोकवान पोंगसुवान पक्राउ परेकी हुन्।

 

उनलाई विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोको एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।