काठमाडौं । काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।
शाही युवा शक्तिलाई नेतृत्व गर्ने पशुपति खड्कालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। उनीपछिको वरीयतामा रहेका श्रेष्ठलाई कार्यालयको टोलीले सोमबार गोंगबुबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाउने तयारी भइरहेको छ।
प्रहरी परिसरको हिरासतमा मात्रै ७३ जना छन्। उनीहरूमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव गर्न नहुने र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।