६ बैशाख २०८२, शनिबार

गुडिरहेको अटोमा ढुंगा खसेपछि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । मकवानपुरमा सडकमाथिबाट ढुंगा खसेर गुड्दागुड्दैको अटोमा बजारिएपछि घाइते भएका चालकको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-०८ ओमनगरका ५४ वर्षीय सुर्ज थापामगर छन्। उनको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा सोमबार मध्याह्न १२:२० बजे निधन भएको थियो।

 

आइतबार मकवानपुरको मकवानपुरगढि गाउँपालिका-२ गढी दरबारस्थित कान्ति लोकपथ सडकखण्डमा हेटौंडाबाट गढी दरबार जाँदै गरेको ना २ ह १२९० नम्बरको अटोमा सडकमाथिबाट ढुंगा खसेको थियो।

 

ढुंगा खसेपछि अटो अनियन्त्रित भएर सडक किनाराको नालीमा खस्दा थापा गम्भीर घाइते भएका थिए।