काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-१ बस्ने ५० वर्षीया सुशिला गोलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट रामबनबाट खटिएको प्रहरीले हेडौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ६०६१ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।