२ चैत्र २०८१, शनिबार

प्रकृति लम्सालको घरमै पुगेर नेकपा का वरिष्ठ उपाध्यक्ष पोखरेलले दिए श्रद्वाञ्जली

काठमाडौं ।  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतको उडिसा राज्यस्थित केआईआईटी कलेजमा मृत भेटिएकी प्रकृति लम्सालको घरमै पुगेर श्रद्वाञ्जली अर्पण गरेका छन् ।

 

आज रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, कोलोनीमा रहेको घरमै पुगेर वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रकृतिप्रति श्रद्वाञ्जली एवम् परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

 

प्रकृतिको तस्वीरमा माल्यार्पण गर्दै उनले परिवारको साथमा आफूहरू रहेको बताए । नआत्तिन र बिचलित नहुन उनले परिवारलाई आग्रह गर्दै दोषीमाथि कारबाहीका लागि कुटनीतिक पहल सरकारले गरिरहेको जानकारी दिए ।

 

वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य भरत कुमार पोखरेल, एमाले रूपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर नगरपालिकी उपप्रमुख उमा अधिकारी, एमालेका जिल्ला सदस्यहरु बहादुर रायमाझी, थानेश्वर पौडेल, लक्ष्मी केसी, नगर सचिब उमेश थापा लाटो मगर, लगायत नेताहरू लम्साल निवासमा पुगेका थिए ।