१४ फाल्गुन २०८१, बुधबार

समाजवादी कम्युनिस्ट पार्टीद्वारा सहिद परिवारलाई सम्मान

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले सहिद, बेपत्ता,याेद्धा, घाइते अपांग परिवारलाई स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । सहिद सप्ताहकाे पहिलाे दिन फागुन १४ गतेकाे दिनलाई बिशेष स्मरणकाे रुपमा मनाउँदै जनयुद्धका प्रथम सहि दिल बहादुर रम्तेल लगायत  जनयुद्ध,एकीकत जनक्रान्ति र विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने महान सहिद र बेपत्ता याेद्धाहरुकाे स्मरण गर्दै उनका परिवारलाई सम्मान स्वरुप उक्त कार्यक्रम आयाेजना गरियकाे गरियकाे हाे ।

पार्टीका स्थायी कमिटी सदस्य विनयराजकाे विशेष उपस्थितिमा र पार्टीका पाेलिटब्युराे सदस्य, केन्द्रीय सदस्य केन्द्रीय, संगठन परिषद्का सदस्यहरु काे उपस्थितिमा जनयुद्ध, एकीकृत जनक्रान्ति लगायत विभिन्न आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने महान सहिदलाई स्मरण गर्दै उनका परिवारलाई सम्मान गरियकाे थियाे ।