१४ फाल्गुन २०८१, बुधबार

बढैयाँताल गाउपाँलिका बर्दियाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती

लेखक : माेहन पाैडेल

नेपालगन्ज :बर्दियाको बढैयाँताल गाउपाँलिकाकाे  बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती ।लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बढैँयाताल गाउँपालिका-७ काे मैनापाेखर सडक खण्डको  पटरिया देखी राजापुर सम्मकाे सडकलाई कालाेपत्रे बनाउन ठेक्का आव्हान भयकाे एक वर्ष  बितिसक्दा पनि  कामले गति लिन सकेकाे छैन ।
नेपाल सरकारको खरिद नियमावली अनुसार १२ महिना भन्दा माथि  सम्झौता भयकाे कुनैपनि काममा मुल्य वृद्धि भयपछि थप मुल्य दिनुपर्ने ब्यवस्था रहेकाे छ । गाउँपालिकाले सम्झौता भय बमोजिममा काम सक्नु पर्ने ताकेता गरेपछि निर्माण ब्यावसायीले काम गर्न  गाराे भयकाे बतायका छन । प्रत्येक बर्षमा हरेक बस्तुहरुकाे मुल्य बढ्दै गयपछि सामानहरुकाे मुल्य पनि बढ्दै गय पछि थप बजेटको ब्यवस्था गर्नु पर्ने निर्माण ब्यावसायी बताउछन । ठेक्का लियकाे निर्माण कम्पनी र पालिका बिच तालमेल नमिल्दा स्थानीयहरु निकै सास्ती भयकाे बताउछन ।

निर्माण कम्पनि र गाउँपालिकाकाे लिखित सम्झौता के छ ? यहाँ नाली पनि पक्कि नबनाएर सडक कालाे पत्रे गर्न खाेजियकाे अवस्था छ । पछि बर्खाकाे सिजनमा खेतबारीमा नालिमा जाने पानिले माटाे ल्याउने र हाम्राे खेतबारी नै पुरिदिने खतरा भयकाे एक जना किसान बताउछन ।