६ बैशाख २०८२, शनिबार

काठमाडौं विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित शहर

काठमाडौं । काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ ।

 

आईक्यू एअरका अनुसार काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर बनेको हो । काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ । पाकिस्तानको कराँची पहिलो स्थानमा रहेको छ । कराँचीको एक्यूआई २१५ रहेको छ ।

 

त्यस्तै पोखरा नेपालको प्रदूषित शहरको शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।

 

वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ ।