१२ फाल्गुन २०८१, सोमबार

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौं। जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एकजनाको मृत्यु भएको छ ।

 

घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए ।

 

चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनी पुरिएकी हुन् ।

 

विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन् । उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।