१९ माघ २०८१, शनिबार

भरूवा बन्दुक १ थान सहित एक जना पक्राउ

काठमाडौं। लालझाडी गाउँपालिका-३ पर्सिया बस्ने ५३ वर्षीय पुन्ना रानालाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।