१९ माघ २०८१, शनिबार

हमासले बन्दी बनाएका ८ जनाको मृत्यु : इजरायल

काठमाडौं। इजरायलले हमासले जारी गरेको सूचीमा रहेका ३३ बन्धकमध्ये ८ जना मारिएको बताएको छ । इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सारले यसको पुष्टि गरेका छन् ।

यसको मतलब आगामी समयमा हमासले १८ जना बन्धकलाई मात्रै रिहा गर्ने भएको छ । इजरायलले समुद्री फायरको पहिलो चरणमा अहिलेसम्म ७ जना बन्धकहरूलाई रिहा गरिसकेको छ । अब हमासले यसै साता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उनीहरुलाई बिहीबार र शनिबार गरी ३–३ गरी दुईवटा ब्याचमा रिहा गरिनेछ ।

 

बदलामा इजरायलले उत्तरी गाजामा रहेका प्यालेस्टिनी नागरिकहरूलाई सोमबार जनवरी २७ देखि फर्कन अनुमति दिइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो जानकारी दिएका हुन् ।

 

उनीहरूलाइ हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो । इजरायलले गत हप्ता शनिबार रिहा गरिएका चार महिला बन्धकसहित अर्बेल येहुदलाई रिहा गर्न माग गरेको थियो तर, हमासले शनिबार अर्बेललाई रिहा गरेको अझै छैन । इजरायलले यसलाई युद्धविरामको उल्लङ्घन भनेको छ । युद्धविराम सम्झौताअन्तर्गत हमासले हालसम्म ७ जना इजरायली बन्धकहरुलाई रिहा गरिसकेको छ । यी सबै महिला हुन् । जसको बदलामा इजरायलले ३०० भन्दा बढी प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ ।

 

हमासले आइतबार इजरायललाई बाँकी बन्धकहरूको सूची हस्तान्तरण गरेको थियो । इजरायल र हमासबीच जनवरी १९ बाट युद्धविराम सुरु भएको थियो । युद्धविरामको पहिलो चरण ४२ दिनको छ, जसमा सबै इजरायली बन्धकहरूलाई रिहा गरिनेछ ।