१० माघ २०८१, बिहीबार

पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन जाजरकोटकि महिलाहरु

जाजरकोट : जाजरकोटमा महिलाहरुले पन्चेबाजा सिकाई तालिम सिकेर निपुण बन्दैछन् । सामाजिक विकास कार्यालय जाजरकोटको सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले महिलाहरुका लागि पञ्चेबाजा बजाउने तालिम दिएपछि यतिवेला जाजरकोटका विभिन्न ठाउबाट २० जना महिलाहरु सहभागी भयर पञ्चेबाजा बजाउन सिकिरहेकि छिन ।

कुशे ५ का ६७ बर्षिय लाले दमाईले पञ्चेबाजा बजाउने तालिम दिईरहेका छन् । गत पुसकाे २१ गते देखि महिलाहरुले सदरमुकाम खलंगामा २० दिने उक्त बाजा बजाउने तालिम लिईरहेका छन् ।

अवसर दिएपछि महिला पनि पुरुष जस्तै बाजा बजाउन सक्छन् भन्ने उदाहरण जाजरकोटकि महिला दिदी बहिनिहरु बन्न थालेका छन् । केही निश्चित शुल्क लिएर आवश्यक परेको ठाँउ महिला समुहले बाजा बजाउने जनाएका छन् ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाईमा तालिम प्राप्त महिलाहरुलाई आवश्यक परेको ठाँउ बाजा बजाउन निश्चित शुल्क लिएर पठाईने प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए ।

सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीले महिलाहरुलाई तालिम दियो भने पञ्चेबाजा संरक्षणमा सघाउ पुग्ने विश्वासले कार्यक्रम राखिएको बताए । महिलाहरुले सिकेको कुरा आफ्ना सन्तानलाई सिकाउने भएकोले पनि यो तालिम प्रभावकारी भयो । अर्कोकुरा पुरुषहरु प्राय गाँउ बाहिर जाने र महिलाहरु गाँउमै बस्ने भएकोले पनि आवश्यक परेको बेला काम लाग्ने उनको विश्वास छ ।उक्त तालिममा महिलाहरुले  दमाहा(नगरा), छिल्लर(झ्याली), ट्याम्को, नरसिंहा, र सहनाई पाँच वटै बाजा बजाउन सिकेका छन । गाउँघरमा मेला, जात्रा, उत्सब, चाडपर्व, विहे, र मान्छे जन्मे पछि र मरे पछि  पनि याे बाजा बजायर गाउमा जानकारी गर्ने चलन थियाे । याे आजभाेलि लाेप हुँदै गयकाेले यसकाे संरक्षण गर्नका लागि महिला दिदी बहिनिहरुलाई तालिममा निपुण बनायर आगामी दिनहरुमा पनि थप तालिमकाे ब्यवस्थापन गर्ने प्रतिष्ठानका अध्यक्ष केसिले जानकारी दिय ।