९ माघ २०८१, बुधबार

सामाजिक अभियन्ता तथा मानवअधिकारकर्मी मनु बाँठा मगरको संयोजकत्वमा तराईका बिभिन्न ठाउँमा निशुल्क आँखा शिविर सन्चालन

काठमाडौं । सामाजिक अभियन्ता तथा मानवअधिकारकर्मी मनु बाँठा मगरको संयोजकत्वमा तराईका बिभिन्न ठाउँमा निशुल्क आँखा शिविर सन्चालन भईरहेको छ ।

जयजनता जागरण कल्याण परिषदको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोगमा संचालित निशुल्क आँखा शिविर मधेश प्रदेश,सर्लाही जिल्ला बकैनिया स्वास्थ्य चौकीबाट शुभारम्भ भएको छ ।

सर्लाही जिल्ला गोरैता नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दशै सहनीको सभापतित्व,नेपाली जनतादलका अध्यक्ष तथा सभासद हरिचरण साहको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,पुर्व सांसद रास नारायण राय, सशस्त्र प्रहरी बलका धन बहादुर राना मगरको बिशेष आतिथ्यता रहेको थियो भने स्थानिय जाप्रतिनिधि तथा समाजसेवी हरुको उल्येख्य उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमको सन्चालन सामाजिक अभियन्ता एवं मानवअधिकारकर्मी मनु बाँठा मगरले गर्नु भएको थियो ।
बकैनिया स्वास्थ्य चौकीमा सन्चालित शिवरबाट ५४ जना महिला ८४ जान पुरुष गरि १३८ जनाले जाँच गरानुभएकोमा २६ जनाको अप्रेशन गर्नुपर्ने देखिएको कार्यक्रम संयोजक मनु बाँठामगरले बताउनु भएको छ ।

शिविरबाट ६ बर्षका बालबालिका देखि ९३ नब्बे बर्ष सम्मका स्थानियहरुले सेवा लिएका थिए ।
यो अभियान अन्तर्गत सर्लाहीका ५ वटा नगरपालिका हरुमा शिविर सन्चालन हुने छ भने अप्रेसनकालागि छनौट भएका सेवाग्राहीहरुको अप्रेसन बागमती गाउँपालिका वडा नम्बर ५ को जनता माध्यमिक विद्यालय सोल्टी बजार मा यहि माघ १३ र १४ गते हुने आयोजक संस्थाले जानकारी गराएको छ ।

 

जिल्ला जन स्वास्थ्य प्रमुख लगाएको उपस्थिति रहेको यस अभियानमा समाजसेवि उपेन्द्र राय यादव र बिजय प्रसाद सहनी निषद सकृय भुमिका रहेको थियो ।

सहयोगी संस्था तिलगंगा आँखा प्रतिस्ठान काठमाडौबाट डाक्टर हरु को टिममा कृष्ण कुशवाहा ( नेत्र अधिकृत ), सन्तोष यादव ( नेत्र साहायक ), कृष्टिना प्रजापती ( नेत्र साहायक ) ,इभान्जली चौँधरी ( नेत्र साहायक ) ले अभियानमा साथ दिईरहनु भएको कार्यक्रम अनुगमन बिभागमा रहेर कार्य गरिरहेकी शुभद्रा भुर्तेल खनालले जानकारी गराउनु भएको छ ।